प्रिमनसुनी आजबाट सुरु



काठमाण्डौ । बुधबारबाट प्रिमनसुन सुरु भएपनि आज सामान्यतया देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुनको समय सुरु भएकाले स्थानीय वायुको प्रभावले मौसममा सामान्य गडबढी हुन सक्ने मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार विशेषगरी स्थानीय वायु सक्रिय हुने हुनाले हावाहुरी चल्ने र चट्याङ पर्ने जस्ता संकेत र केही दिन मौसम सफा जस्तो देखिए पनि छिनमै बद्ली हुने, हल्का वर्षा हुने र क्षणभरमै सफा हुनेलगायतका गतिविधि प्रिमनसुनको बेला हुने भनाइ रहेको छ ।

तापक्रम भने विस्तारै बढ्दो क्रमममा रहेको छ । अंग्रेजी महिनाको मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुनी समय मान्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्