सेनाले बनायो एकीकरणपछिको रोड म्याप



मोतीराम तिमल्सिना, काभ्रे
धुलिखेल नगरपालिका, नेपाली सेनाको विष्णु दल गण, स्थानीय संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा ‘हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल’ मार्ग निर्माण गर्न सरोकारवालाहरु बीच छलफल शुरु भएको छ ।

सेनाको विष्णु दल गण धुलिखेलले नेपाल एकिकरणका बेला पृथ्वीनारयण शाहले प्रयोग गरेका स्थानहरुको पहिचान गरी छ वटा रुट कायम गरेको छ । धुलिखेलको साईक्लिङ्ग–हाईकिङ्ग रुटका लागि समेत नेपाली सेनाले धुलिखेल नगरपालिकाको सहयोगमा धुलिखेलको हजार सिंढी चोक हुँदै चौकोटसम्मको साढे ४ किमी दुरीमा ट्रेल मार्ग निर्माण गर्न लागेको छ । सोहि रुट मध्ये तीन किमी रुटको अवलोकन गरेको थियो ।

नेपाली सेनाको विष्णु दल गण धुलिखेलले युनिफिकेसन ट्रेलका लागि ६ वटा रुट पहिचान गरेको छ । १८०३ मा नगरकोट कब्जा गरेपछि १८१६ मा पलाञ्चोक कब्जा गर्न नगरकोट अनेकोट लामिडाँडा हुँदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएको बाटोलाई पहिलो मानिएको छ । विस १८१६ मा पलाञ्चोक माथि विजय प्राप्त गरे पश्चात भमरकोट काभ्रेकोट विजय गरी विसं १८१८ असार ३० गते चौकोट माथि विजय प्राप्त गर्दा भएको बाटोलाई दोश्रो मानिएको छ । १८१८ असार ३० मा चौकोट विजय पश्चात फस्कोट फुलबारीकोट बुचचाकोट मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटोलाई तेश्रो बाटोको पहिचान गरिएको छ ।

१८१९ असोज २ गते तेमालकोट विजय पश्चात चौकोट शारदाकोट गोरखनाथ हुँदै १८२० कार्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गलाई पाचौ रुट र १८२० कार्तिक १४ गते बनेपा, साँगा र नाला कब्जा गर्न धुलिखेलबाट गोसाईस्थान नालाकोट साँगा हुँदै बनेपा र पनौतीबाट नागीडाँडा साँगा हुँदै बनेपा आउन प्रयोग गरिएको मार्गलाई छैटौ रुटको रुपमा पहिचान गरिएको छ ।

धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले पर्यटकिय नगरी धुलिखेलमा पर्यटकहरुको बसाई लम्याउन तथा वातावरणीय हिसावले धुलिखेलमा हाईकिङ्ग र साईक्लिङ्ग ट्रेल निर्माण गर्न उपयुक्त हुने ठहर गर्दै बढाएको योजनालाई काभ्रे जिल्ला साईक्लिङ्ग संघका अध्यक्ष मनिष यगोलले थप परिमार्जन सहित रुट तय गरेका थिए । नगरपालिकाको योजनामा विष्णु दल गण धुलिखेलले नेपालको एकिकरण अभियानमा महत्वपूर्ण मानिएका ऐतिहासिक स्थानहरुलाई काभ्रे युनिफिकेसन ट्रेलका रुपमा विकास गर्ने योजना बनायो । ’

प्रतिक्रिया दिनुहोस्