जापानी ओकेको पाल्पामा नागरिक अभिनन्दन गरिने



पाल्पा, (नेस)
जापानी नाम काजुमासा काकिमी भए पनि वोलचालको भाषामा ओके वाजे नामले परिचित जापानी नागरिकको जिल्लामा नागरिक अभिनन्दन हुने भएको छ । विगत २५ वर्ष देखि पााल्पामा रहेर विभिन्न सामाजिक काममा सक्रिय भूमिका निर्वाह गर्दै आएका जापानी नागरिक काजुमासा काकिमी ओके बाजेलाई यही फागुन ३० गते तानसेनको टँुडिखेलर्मा नागरिक अभिनन्दन गर्न लागिएको हो ।

७८ वर्षिय समाजसेवी ओके बाजेले जिल्लाको शिक्षा, स्वास्थ्य, आयआर्जन, खेलकुद, विकास निर्माण तथा जनचेतनाको क्षेत्रमा काम गर्दै आएका छन् । उनलाई यस अघि रामपुरमा दुई पटक नागरिकहरुले अभिनन्दन गरिसकेका छन । जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई चेतनशील बनाउन, शैक्षिक जागरण मार्फत समाज रुपान्तरणको अभियानमा ओके बाजेको महत्पूर्ण भूमिका रहेको छ ।

िवशेषगरी पूर्वी पाल्पाका जनजाती मगर दलित बस्तीमा विद्यालय खोल्ने, स्वास्थ्यचौकी निर्माण, गरीव बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान, विद्यालयमा विभिन्न भौतिक निर्माणको साथै विद्यालयमा पुस्तकालय स्थापना, विद्यालय भवन निर्माणमा ओके बाजेले सहयोग गर्दै आएका छन् । जिल्लाका १ सय ५० विद्यालयमा ओके बाजेले सहयोग गरिसकेका छन् । सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेलेको भन्दै नेपाल सरकारले उनलाई गोरखा दक्षिणबाहु तेस्रोले सम्मान गर्दै नेपालका लागि आवासीय प्रवेश आज्ञा प्रदान गरेको छ ।

जापानमा शिक्षक रहेका उनी भएपछि नेपालको अन्नपूर्ण पदयात्रामा आएका काजुमासा काकिमी पाल्पाको जल्पा ढोलिमाराका पर्यटक गाईड तिलक आलेसंग भेटघाटपछि सामाजिक कार्यमा सक्रिय भएका हुन् ।

सुरु सुरुमा सामाजिक काममा सक्रिय रहदा काजुमासा काकिमीले नेपाली भाषा नजान्दा ओके ओके भन्दा बालबालिकाले नेपाली नाम नै ओके बाजे राखिदिएका हुन् । उनी अहिले वास्तविक नामबाट भन्दा ओके बाजेबाट परिचित रहेका छन् । उनले जिल्लाको सामाजिक काममा १ अर्ब भन्दा वढी रकम खर्च गरि सकेका ा छन् । उनले जापानका विभिन्न संघ–संस्था, सेवा निवृत्त व्यक्तिको पेन्सन रकम संकलन गरी नेपालको सामाजिक काममा खर्च गर्दै आएका हुन् ।

ओके बाजेले यस क्षेत्रका जनताको सेवा गर्दै पाल्पामै जीवन बिताउने र पाल्पाकै माटोमा मर्ने अन्तिम ईच्छा रहेको बताए । निस्वार्थ भावनाले समाज सेवा गर्दै आएका जापानी नागरिक ओके बाजेको काममा अझै उत्साह जगाउन, हौसल्ला बढाउन, आत्मसन्तुष्टी बढाउन, उनलाई मानार्थ नेपाली नागरिकता दिलाउन अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्