परिवर्तन चाहन्छन् विद्यार्थी



मनोज रेग्मी, सौराहा
समाज परिवर्तन, सुखी र खुसी जनताको सपना देखेका समाजिक कार्यका विद्यार्थीले मुलुकका विभिन्न ठाउँमा समाजिक कार्य गरेको पाइन्छ । यस्तै उनीहरुले स्कुल तथा कलेजमा पढेका र सुनेका कुरालाई व्यवहारमा उतार्नका लागि यस्ता कार्यक्रमहरु गर्ने गर्दछन् ।

यसै क्रममा ओरियन्ट कलेज काठमाडौंबाट प्रस्थान गरेका विद्यार्थीले चितवन नगरीमा अन्तरक्रिया, शिविर तथा जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेका छन् । कलेज स्नातक कार्यक्रम संयोजक साधना थापाको नेतृत्वमा गत चार दिनदेखि समुुदायमा कार्य गरेका उनीहरुले आफूले ज्ञान प्राप्तिसँगसँगै समुुदायका कृषि तथा पशुुपालनमा उत्पन्न भएका समस्याहरु र समाधानका उपायहरुको बारेमा गहन अध्यायन गरेको बताएका छन् ।

यस्तै उनीहरुले संकलन गरेका जिज्ञासाको विवरण पनि रत्ननगर नगरपालिका–६ सौराहास्थित सौराह सामुदायिक पुस्तकालयमा पेस गरेका छन् । यस क्रममा उनीहरुले समाजका अग्रज व्यक्तीहरु, जनप्रतीनिधिहरु र महिला स्वयमसेवीहरुसँग सहयोग लिँदै सौराहाको गतिविधि, रहनसहन, आर्थिक, सामाजिक र राजनितिक अवस्थाको बारेमा पनि जानकारी लिएका थिए । त्यसै गरी उनीहरुले महिला सशक्तिकरणका प्रयासहरु र यसले समुुदायमा पारेको प्रभावको बारेमा पनि अन्तरक्रिया पनि गरेका छन् ।

विषेश गरि आफ्नो विषय अध्ययनको व्याबहारिक पक्ष अवलोकन तथा अनुुसन्धान गर्न पर्यटकीय नगरी सौराहा प्रवेश गरेका उनीहरुले थारु बस्ती र संस्कृतीको बारेमा बिस्तृत जान्ने मौका पाएको खुुसी पनि व्यक्त गरेका छन् । पर्यटकीय नगरी सौराहाको भित्रको पाटो, जंगली जनावर र राष्ट्रिय निकुुञ्जको बारेमा सूक्ष्म जानकारी लिँदै र यसले स्थानीयबासीमा उत्पन्न गरेका समस्याका विषयमा पनि जानकारी लिएका थिए ।

विषेश गरि आफुुले समाजिक कार्य अन्तरर्गत अध्यन गरेका विषयवस्तुहरु हुबहु ब्यवहारमा उर्तानको लागि उनीहरुले सौराहामा रहेको मुसहर बस्तीका बालबालिकालाई अध्यायनका समाग्रीहरु पनि वितरण गरेका थिए । यस अवधिामा विद्ययार्थीहरुले जनचेतानामुुलक कार्यक्रम पनि सञ्चालन गरेका थिए । सो कार्यक्रममा समाजमा अझै पनि देख्न र सुन्नमा आएका घरेलु हिंसा, महिला हिंसा, बालविवाह लगायतका विषयसँग जोडिएर सांस्कृतिक झलकहरु पनि प्रस्तुुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्