पूर्व मुमा बडामहारानी सिकिस्त, पूर्वराजा काठमाडौं आउँदै



काठमाडौं । पूर्व श्री ५ मुमा बडामहारानी रत्न एक सातादेखि बिरामी पर्नुभएको बुझिएको छ । यतिबेला थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिनुभएकी ९१ वर्षीया रत्नलाई खोकी लाग्ने, कफ निस्कन गाह्रो हुने समस्या देखिएपछि खोकीको औषधी चलाइएको अस्पतालले जनाएको छ ।

उहाँलाई पातलो दिशा हुने र पिसाब कम हुने समस्या समेत देखिएको हुँदा हिंजो (मंगलबार) साँझ अस्पताल भर्ना गरिएको थियो ।

मुमा बडामहारानीको विस्तृत स्वस्थ्य जाँच सुरु गरिएको र उहाँलाई डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा। ब्रजेन्द्र श्रीवास्तवको प्रत्यक्ष रेखदेखमा उपचार सुरु गरिएको छ । उहाँको सीघ्र स्वास्थ्यलाभको कामनाका लागि हस्पिटल परिसरमा स्वास्थ्यलाभ कामना पुस्तिका राखिएको नर्भिकले जनाएको छ ।

यता पूर्व श्री ५ मुमा बडामहारानी रत्न सिकिस्त भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउसो २ बजे काठमाडौं आउँदै छन ।

एक महिना देखि पोखरा बस्दै आउनुभएका पूर्वराजाले अरु आफ्ना सबै कार्यक्रम स्थिगित गरि काठमाडौं आउन लागेको बताइएको छ । उहाँ दिउसाे २ बजेको फ्लाइटमा काठमाडौं आउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्