महिला क्रिकेटमा बैतडी विजयी



विनोद सिंह विष्ट, बैतडी ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी भएको सुदूरपश्चिम प्रदेशस्तरिय महिला क्रिकेट छनौट प्रतियोगिताको खेलमा बैतडी विजयी भएको छ । मञ्जु बोगटीको कप्तानीमा रहेको बैतडीले बझाङलाई ७ विकेटले पाखा लगाउदै विजयी भएको हो ।

कञ्चनपुरको कभर्डहलको खेलमैदानमा मंगलवार सम्पन्न खेलमा पहिला ब्याटिंग गरेको बझाङले ८ विकेटको क्षतीमा ९७ रन बनाएको थियो । बझांगको लागी मनिसा खड्का नटआउट ३२ रनको योगदान गरे ।

बैतडीकी हिरा बोहराले ३ विकेट हात पारिन् । ९८ रनको विजय लक्ष्य पन्छाएको बैतडीले १५ ओभर ४ बलमा ३ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । बैतडीका लागी सुनिता लुहारले नटआउट ३६ तथा आरती बोहराले नटआउट १६ रनको योगदान गरे ।

बैतडीले भोली कञ्चनपुरसंग प्रतिस्प्रर्धा गर्ने प्रशिक्षक दिपेन्द्र बोहराले जानकारी दिनुभयो । छनौट प्रतियोगिता सोमवारदेखि सुरु भएको हो । यसअघि सुदूरपश्चिम प्रदेशको पुरुष क्रिकेट प्रतियोगिताको उपाधी बैतडीले जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्