राष्ट्रिय भजन प्रतियोगितामा जैमिनी संस्कृतन समुह प्रथम



सिर्जना पन्त, बागलुङ ।

परम्परगत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्राउनका लागि आयोजना गरिएको राष्ट्रिय स्तरको भजन प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका वडा नम्बर ५ मा महाशिवरात्रीको अवसरमा आयोजना गरेको राष्ट्रिय स्तरको लोकभजन प्रतियोगितामा जैमिनि संस्कृतन समुह जैमिनिले प्रथम स्थान हासिल गरेको छ । १५ समुहको सहभागिता रहेको भजन प्रतियोगितामा पार्वती गुफा भजन कृतन समुह पर्वत कुस्मा दृतिय, अमर माध्यामिक विद्यालय विहुँ तृतिय र शिव मन्दिर भजन जैमिनि नगरपालिकाको समुह सान्तवना भएको छ । प्रतियोगितामा प्रथम भएको भजन समूहले रु.५० हजार, द्वितीय हुने समूहले रु. ३० हजार, तृतीय हुने समूहले रु. २० हजार र सान्त्वना हुने समूहले रु. १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

राष्ट्रिय लोक भजन संरक्षण समितिका केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले पछिल्लो समय देशका विभिन्न स्थानमा भजन प्रतियोगितको आयोजना गर्ने क्रम बढ्न थालेको भन्दैं यस्ता प्रतियोगिताहरुले धर्मको संरक्षण संगैं धार्मिक र सांस्कृतिक पाटोलाई समेत मजबुत बनाउँने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समयमा सुगम संगित, लोक गायक गायिकाहरुले समेत भजनमा रुचि देखाउँन थालेको र नायक नायिकहरु समेत भजनमा अभियन गर्न उत्साहित देखिन थालेको बताउँनुभयो । भजन प्रतियोगिताले नयाँ पुस्तामा ज्ञान, सिप र संस्कृतिको हस्तान्तरणको लागि समेत महत्वपूर्ण भूमिका खेल्ने पराजुलिले बताउँनुभयो ।

खेलकुद प्रतियोगिताको आयोजना र खेलकुदको विकास र प्रर्वदनमा काम गर्दै आएको बिहुँकोट खेलकुद विकास केन्द्रले युवाहरुले संस्कार र संस्कृति भुल्दै गएको भन्दैं बिहुँकोटमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार संगैं लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले भजन प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।

पहिलो पटक आयोजना गरिएको भजन प्रतियोगितामा आफुहरुले सोचेको भन्दा धेरै सहभागि र दर्शकहरुको उपस्थिती रहेको भन्दैं आगामी दिनमा केन्द्रले खेलकुद संगैं सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत काम गर्ने केन्द्रका अध्यक्ष कृष्ण कँडेलले बताउनुभयो । काठेखोला गउँपालिकाको एक वडा एक पहिचान अन्र्तगत विहुँ वडा नम्बर ५ लाई गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य समेत राखेको स्थानमा लोकभजन प्रतियोगिता आयोजना गरिएको उहाँले बताउँनुभयो ।

मध्यपहाडी लोकमार्गको स्तरउन्नती संगै विश्वकै पर्यटकीय गन्तव्यको रुपमा रहेको ढोरपाटन जाने पर्यटकहरुको संख्या वृद्धि भएको वेला लोकमार्ग संगै जोडिएको विँहुको शिवधुरी र रामकोटको प्रचार प्रसार गर्नका लागि लोक भजनको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्