फरार अभियुक्त २८ वर्षपछि पक्राउ

0
Shares

इलाम ।
छिमेकीको हत्या गरी २८ वर्षदेखि फरार एक बृद्ध सूर्योदय नगरपालिको पशुपतिनगरबाट पक्राउ परेका छन् ।

छिकेकीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोग लागेका जोगमाईका ७३ बर्षीय रणबहादुर राईलाई प्रहरीले नेपाल भारत सीमावर्ती नाका पशुपतिनगरबाट पक्राउ गरेको हो ।

उनले २०७४ बैशाख ४ गते छिमेकी धर्मध्वज थापालाई छुरा प्रहार गरि हत्या गरेका थिए । राईलाई सर्बोच्च अदालतले २०७० साउन ४ गते सर्बस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

यता जिल्लाको रोङ गाउपालिका २ बरफल्याङको एक घरमा आगलागि भएको छ । आगलागीबाट करिब ४ लाख १५ हजार रुपैंयाँ बराबरको नोक्सान भएको छ । स्थानीय राजन घतानीको घरमा आगलागी भएको हो । आगो निभाउने घतानीका ससुरा पदम सिलवाल घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।