कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जमा अश्वमेध गायत्री महायज्ञ सुरु भएको छ ।
४ दिनसम्म चल्ने महायज्ञको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन तय भएकोमा अन्तिम समयमा राष्ट्रपतिको आगमन स्थगित भएपछि अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याले द्वीप प्रज्ज्वलन गरी महायज्ञको उद्घाटन गरेका छन् । वीरगन्ज स्थिता आर्दशनगरमा भैइ रहेको महायज्ञका मुल आयोजक समितिका अध्यक्ष डा उपेन्द्र महतोले उद्घाटन समारोहमा राष्ट्रपति विद्या भण्डारीले पठाएको सुचना पढेर जानकारी दिएका थिए ।
सन्देशमा भण्डारीले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका साथ हुने अश्वमेध महायज्ञले जीवन मुल्य र अत्याध्म अनुशासन कायम गर्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्र धर्ती र वातावरणको परिशोधनका लागि हुन लागेको महाज्ञको सफलताको कामना उनले गरेकी छन् । महायज्ञको उद्घाटन गर्दै डा. पाण्ड्याले गायत्री मन्त्रोच्चारण सहित हुने महायज्ञले मानिसमा क्रान्तिकारी चिन्तन बढ्ने बताए । नेपाल र भारत सँगसँगै हिडेर दुवै देशको विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिदै सो अवसरमा पाण्ड्यालाई नेपाली टोपी र रुद्राक्षको माला लगाएर सम्मान गरिएको थियो । महायज्ञ आयोजक समितिका अध्यक्ष डा महतोले आफ्नो देश अरुले नबनाउने भएकोले आफैंले बनाउनुपर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रममा महायज्ञ आयोजक समितिका संयोजक एवं वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरहरुको भूमि वीरगन्जमा आयोजना भएको महायज्ञ सफल बनाउन सहयोग गर्न आग्रह गरेका थिए । २ सय ५१ कुण्डीय भव्य यज्ञशाला निर्माण गरिएको महायज्ञमा देव सँस्कृति दर्शाउने प्रदर्शनी रहेको छ ।
शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकहरुले वैदिक मन्त्रको साथमा ४ दिनसम्म हवन यज्ञ गर्ने तथा युग संगीत, सत्सँग एवं साँस्कृतिक कार्यक्रमका साथै १६ प्रकारका सँस्कार निःशुल्क गर्ने व्यवस्था मिलाईएको र पुस्तक मेला, चित्र प्रदर्शनी समेत राखिएको छ ।











प्रतिक्रिया