प्याराग्लाइडिङ फेवातालमा खस्दा एक विदेशीको मृत्यु

0
Shares

पोखरा ।
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक विदेशीको मृत्यु भएको छ ।
पोखराको सरङकोटडाँडाबाट उडेको प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा अनियंत्रित भई फेवातालमा खस्दा रोमानियाका एक नागरिकको मृत्यु भएको छ ।

ब्लुस्काई प्याराग्लाइडिङ लेकसाईडबाट सोलो उडानका लागि अनुमती लिएर सराङ्कोटबाट उडेका ४२ वर्षीय ईड सिजरको मेट्रोसिटी हस्पिटलमा ल्याउने क्रममा मृत्यु भएको हो । प्याराग्लाइडिङ खसेको सूचना पाएलगत्तै प्रहरीको टोली मोटरबोट लिएर घटना स्थल पुगेको कास्की प्रहरी प्रमुख ओम रानाले बताए।

‘घाइतेलाई हस्पिटल ल्याउदा मुटुको चाल बन्द भैइसेकेको थियो’ डा. गोविन्द राज पाण्डेले बताए ।
११ बजे उडान अवतरण गर्ने क्रममा प्याराग्लाईडिङ खसेको थियो । घटना लगत्तै प्रहरीको टोलिले उद्दार गरि हस्पिटल पुर्याएको उनलाइ अस्पतालले मृत घोषणा हो ।

त्यस्तै पोखराको फेवातालमा आइतबार बिहान एक युवतीको शव भेटिएको छ । पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको हो ।

कास्कीको अन्नपुर्ण गाँउपालिका २ को ढिकुरपोखरी घर भई पोखरा ५ सिदार्थ चोक बस्ने १९ बर्षिया दिव्या अधिकारी मृत भेटिएकी हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपि रवीन्द्र गुरुङले जानकारी दिए ।

उनी नर्सिङ दोस्रो वर्षमा अध्ययनरत रहेको उनले बताए । उनको साथबाट परिवारको फोन नम्बर टेपले बेरेर राखेको र ज्याकेटको खल्तिमा स्कुटरको चाबी समेत भेटिएको हो । ग १४ प ३६०५ नम्बरको स्कुटरमा आएकी मृतक अधिकारीले स्कुटर भने फेवाताल गौरीघाट नजिकै राखेकी थिइन ।