वल्ड नेवाः अर्गनाईजेसनको महाधिवेशन चैत्र १४ मा

0
Shares

काठमाडौं ।
वल्ड नेवाः अर्गनाईजेसनको तेस्रो महाधिवेशन यही चैत्र १४ गते राजधानीमा हुने भएको छ ।
सो महाधिवेशनमा नेवा सरोकारका विविध मुद्दाहरुको विषयमा बृहत छलफल हुने बताइएको पत्रकार भेटघाटमा बताइयो । महाधिवेशन नेपाल आयोजक समितिका अध्यक्ष पुष्करभक्त माथेमाले नेपाल भाषा, संस्कृतिको संरक्षण, राज्यमा नेवाः समुदायको उपस्थिति, विभिन्न आयोजना र परियोजनाको नाउ“मा ऐतिहासिक, सांस्कृतिक भूमी मास्ने कार्य लगायत विषयलाई विश्वव्यापीकरण गर्न महाधिवशेन महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

सो अवसरमा आयोजक समितिका उपाध्यक्ष रश्मिला प्रजापतिले महाधिवेशनमा नेवाःसभ्यता र संस्कृति झल्काउने विभिन्न कार्यक्रम पनि हुने जानकारी दिनुभयो । महाधिवेशनको अन्तिम दिन विश्व नेवाःदिवसको रुपमा मनाउने तय भएको पनि पत्रकार भेटघाटमा जानकारी दिइयो ।महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

सो महाधिवेशनमा २० देशका करिब १ सय जना र नेपालका विभिन्न जिल्लाको गरी करिब ५ सय जनाले भाग लिने पत्रकार भेटघाटमा जानकारी दिइयो ।महाधिवेशनले आगामी तीन बर्षका लागि नया“ नेतृत्वको पनि चयन गर्ने छ ।

सन् २०११ अक्टोबर २९–३१ मा बेलायतको राजधानी लण्डनमा विश्व नेवाः संगठनको पहिलो महाधिवेशन भएको थियो। दोस्रो महाधिवेशन भने सन् २०१६ मार्च २५–२७ मा अमेरिकाको बाल्टिमोरमा भएको थियो।

लण्डन महाधिबेशनले नै विश्व नेवाःसंगठनको स्थापना गरिएको हो। अमेरिकाको बाल्टिमोरमा प्रधान कार्यालय रहेको सो संस्थाको विश्वको नौवटा मुलुकमा च्याप्टर गठन भईसकेको छ।