हरियाली सहकारीद्धारा अनाथ आश्रममा खाद्यान्न प्रदान

0
Shares

यमलाल भुसाल, बुटवल ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ४ राममन्दीर लाईनमा संचालित श्री हरियाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सामाजिक काम गरेको छ ।

सहकारीले राष्ट्रिय सहकारी दिवशको अवसरमा आईतवार अनाथ आश्रममा खाद्यान्न सामाग्र प्रदान गरेको छ भने मानविय संमवेदनालाई ध्यान दिदै रक्तदान समेत गरेको छ ।

रुपन्देहीको मणिग्राममा संचालिन आत्म शान्ति अनाथ आश्रमका बालबालिकालाई चामल, आलु, दाल, चिउरा, तेल ,पिठो , नुन, च्याउच्याउ र विस्कुट प्रदान गरेको सहकारीका अध्यक्ष सिद्धार्थ उदयले बताउनु भयो ।

मानविय भावनाले अभिप्रेरित भै सहकारीहरुले पनि समाजमा केही योगदान पुराउनु पर्छ भन्ने मान्यता अनुरुप अनाथआश्रममा खाध्यान्न वितरण गरिएको अध्यक्ष उदयले बताउनु भयो ।

गत वर्ष सहकारीले खैरेनीमा रहेको अनाथ आश्रममा खाद्यान्न वितरण गरेको थियो । आईतवार नै गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक वेदा निधी रिजालले बताउनु भयो । सहकारीले हरेक वर्ष सामाजिक काम गदै आएकोमा यसवर्ष देखि रक्तदान कार्यक्रम पनि थप गरेको संयोजक रिजालले बताउनु भयो ।

बुटवलको रक्त संचार सेवा केन्द्रका प्रमुख निरन्जन राज भण्डारीले सामाजिक संघ सस्था ,सहकारी, क्लव, नियमित रक्तदाता समुहको सहयोगले दैनिक ५० देखि ७० युनिट रगतको मागलाई पुरा गर्न सफल भएको बताउनु भयो ।

खाद्यान्न वितरण समारोहमा आश्रमकी संचालिका मैना देवि भण्डारीले सामाजिक भावना राख्नेहरुको सहयोगले आश्रम संचालनमा टेवा पुगेको बताउनु भयो ।