ललाईफकाई किशोरीहरु भारत लैजाँदै गर्दा ३ जना पक्राउ

0
Shares

बर्दिया ।
किशोरीहरुलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा रसुवा यार्चा गाउँपालिका १ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका १२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका ५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्की समेत ३ जनालाई बर्दिया बढैयाताल गाउँपालिका(८ कर्णालीपुलबाट शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

रसुवा यार्चा गाउँपालिका ५ बस्ने २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पुलमा पुग्दा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।