लोकप्रिय हास्यव्यंग्य अभिनेता जितु नेपाल ‘मुन्द्रे’ले सिन्धुपाल्चोकका एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन्। नेपालमा घरजग्गा केही नभएको २२ वर्षीय आशिष धमलालाई नेपालले व्यक्तिगतरूपमा २५ हजार रुपियाँ सहयोग गरेका छन्। जितुको सामाजिक कार्यमा साथ दिँदै निर्देशक तथा अभिनेतृ दीपाश्री निरौलाले नगद १० हजार रुपियाँ तथा गायक ताराप्रकाश लिम्बुले ५ हजार रुपियाँ सहयोग रकम हस्तान्तरण गरेका छन्।
शुक्रबार जितु र दीपाश्रीले उक्त रकम प्रदान गरेका हुन्। युवा अवस्थामा दुवै मृगौला फेल भएका कारण बचाउनका लागि धमलाले सहयोगको याचना गरेका थिए। उनको अवस्था देखेर आफूहरूले सानो रकम सहयोग गरेको जितुले बताए। आशिषका बुबा हाल वैदेशिक रोजगारीको सिलसिलमा दुबईमा सेक्युरिटी गार्डमा काम गर्दै आएका छन्। यसअघि जितु नेपालसहित छक्का पञ्जा टिमले एक मृगौला पीडित जयबहादुरलाई ७५ हजार सहयोग रकम प्रदान गरेका थिए।











प्रतिक्रिया