नेपाल समाचारपत्र, ललितपुर
नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाले अघिल्लो आर्थिक वर्षमा मुटुरोगको शल्यक्रियाको लागि ३० जनालाई जनही २० हजार रुपैया“ प्रदान गरेको छ ।
शाखाको शनिबार ललितपुरमा आयोजित २७ औं वार्षिक साधारण सभामा सो को जानकारी दिइएको हो ।सो सभाको उद्घाटन ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष डा. पुष्पराज राजकर्णिकारले विभिन्न संघसस्थाहरुसगं सहकार्य गरी मुटुरोगीहरुको सेवा लागेको बताउनुभयो । प्रतिष्ठानका सचिव रुपककान्त राजोपाध्यायले गत आ.व. ०७४÷०७५ मा २२ हजार ४ सय ३३ जनालाई मुटुरोग, प्याथोलोजी ल्याव लगायत मुटुरोगका विभिन्न सेवा दिइएको जानकारी दिनुभयो ।
। सभामा कोषाध्यक्ष सुशीला श्रेष्ठले आर्थिक वर्ष ०७६÷०७७ को लागि आय रु १ करोड २५ लाख र व्यय तर्पm १ करोड २२ लाख को अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको केन्द्रिय अध्यक्ष दिपेन्द्रपुरुष ढकालले शाखाले मुटुरोग नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गर्नुका साथै समन्वयात्मक कार्यलाई अगाडी बढाइएकोमा खुसी व्यक्त गर्नुभयो ।
सो सभामा हार्ट क्लबका अध्यक्ष विपिन राई, ललितपुर सामुदायिक हृदयरोग सेवा केन्द्रका अध्यक्ष दिलेन्द्र राज श्रेष्ठ तथा भक्तपुर शाखाका सभापति जननीप्रसाद मूल,प्रतिष्ठानका निवर्तमान सभापति बालगोविन्द विष्ट, स्वागत र उपसभापति बालकृष्ण तुलाधर लगायतले बोल्नुभएको थियो ।











प्रतिक्रिया