पुष्कर बुढाथोकी, भक्तपुर
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय अध्यक्ष बिजय साम्बहाम्फेले सरकारले शिक्षा क्षेत्रमा पुर्याएको नीजि क्षेत्रको भुमिकालाई उपेक्षा गर्दै नाफा खोरको बिल्ला भिराउन खोजेको आरोप लगाउनुभएको छ ।
प्याब्सन मध्यपुरथिमि नगर समितिले आयोजना गरेको बधाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साम्बहाम्फेले नीजि विद्यालयले शिक्षामा पुर्याएको योगदानको कदर गर्ने गरी र लगानी सुरक्षित हुने गरी नीति बनाउन माग गर्नुभयो ।
उहाँले प्याब्सनको आसन्न महाधिबेशनको ८० प्रतिशत तयारी समेत पुरा भएको बताउनुभयो । ७३ जिल्लाबाट २४ सय महाधिवेशन प्रतिनिधि चयन भैसकेको जानकारी दिनुभयो ।नीजि बिद्यालयमाथि सरकारले करैकरको भारी थोपरेर आहत पारेको बेला हुन लागेको महाधिवेशनलाई सहमतिमा एकताको महाधिवेशन होस् भन्ने यस क्षेत्रका धेरैले चाहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिब डा. हरि लम्सालले सरकारले ल्याउन लागेको नयाँ बिधेयकले अबको दश बर्षमा सेवामुलक शिक्षा भनेको प्रति अहिल्यै खुट्टा नकमाउन र कमजोरी सच्याएर अघि बढ्न नीजि बिद्यालय संचालकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले नीजि बिद्यालयले शिक्षामा राम्रो काम गरे पनि महँगो शुल्क लिएर ब्रम्हलुट गरे भन्ने झुठो आरोप सबैले लगाउने गरेको प्रति आक्रोस ब्यक्त गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दिपीका थापा, केन्द्रिय सचिब राजकुमार महर्जन, प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी, निबर्तमान अध्यक्ष श्रीकृष्ण केसी, बरिष्ठ सल्लाहकार भुवनचरण श्रेष्ठ,भक्तराज भण्डारी, प्याब्सन मध्यपुरथिमि नगर समिति अध्यक्ष निलेश आचार्य, सचिब रत्नमान शंखदेव, बिद्यार्थी शैक्षिक मंचका दिपेन्द्र ढुंगाना लगायतले नीजि बिद्यालय मास्दैमा सामुदायिक बिद्यालयको स्तर नबढ्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुरबाट प्याब्सन ३ नं. प्रदेशमा प्रतिनिधित्व गर्ने उपाध्यक्ष निरु ढकाल र सहसचिब ऐश्वर्या बिष्ट लगायत भक्तपुर प्याब्सनको १४ औं जिल्ला अधिवेशनबाट चुनिएको चन्द्र अधिकारी नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरिएको थियो ।प्याब्सन भक्तपुरको नयाँ नेतृत्व सबै सर्वसम्मत रुपमा चयन भएको थियो ।











प्रतिक्रिया