झापा गोल्डकपमा आयोजकको जीत



भद्रपुर ।
मगमग झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई २–० को नतिजा निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अव झापाले क्वाटरफाइनलमा हङकङ नेप्लीज एकाडेमी क्लबसँग प्रतिष्पर्धा गर्ने छ ।

झापाको जितका लागि सब्सिच्युट खेलाडी सञ्जोग राई नायक बने । खेलको ३५ आँै मिनेटमा कप्तान कर्ण लिम्बूलाई बिस्थापन गर्दै मैदान प्रवेश गरेका राईले ४० औं मिनेट गोल आफैले गरे । ४५ औं मिनेटमा विदेशी खेलाडी काजिम बुखारीलाई गोल गर्न पास मिलाए । उनी खेलको म्यान अफ दी म्याचको १५ हजार पुरस्कार पनि पाए ।

खेल अवधिभर झापालाई दवावमा राख्न सफल भए पनि पोखराले झापा बिरुद्ध कुनै आक्रमण गर्न सकेन ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपाली फुटबलको बिकासमा झापाले गरेको योगदान अतुलनीय रहेको बताएका थिए । कार्कीले झापाको फुटबलमा सहयोग गर्न प्रदेशले कुनै कसर बाँकी नराख्ने बताए ।

फागुन २७ गते सम्पन्न हुने गोल्डकपमा बिभागीय तीन सहित काठमाण्डौका ५, मोफसलका ४ र एक बिदेशी टीमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्