इतिहास रच्ने दाउमा आर्मी 



विजय नेपाली, पोखरा
पोखरामा जारि १७औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको इतिहास रच्ने दाउमा त्रिभुवन आर्मी क्लब रहेको छ । गत संस्करणको उपविजेता थ्रीस्टार भने उपाधी आफ्नो पोल्टामा पार्ने पक्षमा छ । तीन पटक सम्म उपाधी नजिक पुगेर समेत उपविजेता बनेको आर्मीको लागि यो एउटा अवसर समेत हो । उता पाँच पटक सम्म फाइनल प्रवेश गरेको थ्रीस्टारले भने चार  पटक उपाधी उचाली सकेको छ भने एक पटक उपविजेता बनेको छ । आर्मी फाइनल प्रवेश गरेको यो चौथो पटक हो भने थ्रीस्टार छैठौं पटक हो ।

“हामिले अहिले सम्म उपाधी चुमेका छैनै, हामी इतिहास रच्ने लक्ष्यका साथ खेल खेल्ने छौ“ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए । ’पोखरा रंगशालामा हुने खेल नेपाली क्लासिको खेल हो, मौसमले साथ दिए  फुटबल प्रेमी दर्शकहरुले रियल मड्रीड र बार्सिलोनाको जस्तै रोमाञ्चक खेल हेर्न पाउने छन । यो टप टिम म्याच हो, अवस्य नै जित निकाल्न कठिन हुन्छ “

सोहि क्रममा आर्मीका कप्तान भरत खवासले बलियो टिम संग प्रतिस्पर्धा गर्न सहज नहुने बताए । “ टिमलाइ कसरी जिताउने भन्ने सोचमा छौ, हामी उपाधी जितेर पोखरामा इतिहास रच्ने छौ“

उता थ्रीस्टारका प्रशिक्षक मेघराज के.सिले उपाधी आफ्नो पोल्टामा पार्ने बताए । “ हामी विभिन्न चरणमा खेलीसकेका छौ, खेल फिप्टी फिप्टीको छ क्लियर टिम हो आर्मी । सोही अनुसार हाम्रो खेल हुने छ“

’मोफसलको खेलमा आयोजकले नेपाली खेलाडिले न्याय पाएका छौनन, अन्तर्रा्ष्ट्रियस्तरको भन्दै योग्य टिम ल्याउदैनन, आयोजकले फुटबल टिम होइन फाइट टिम ल्याउने गरेको छ“ केसिले बताए ।

क्यामरुनी टिम डाफिन्सलाइ औल्याउँदै उनले भने “ मैले क्यामरुनी टिमको खेल हेरेको थिइन, यहाँ आर्मी सङको खेलमा हेरे, तिनीहरु फुटबल होइन मान्छे हान्न आएका रहेछन, नेपाली खेलाडि डराएको कारण उपाधी समेत जितेको भन्ने आर्मी सङ्गको खेलले प्रमाणित गरेको छ “ ।
यो सिजनको मोफसलमा आर्मी र थ्रीस्टार तेस्रो पटक आम्ने साम्ने हुँदै छन । सिमरा गोल्डकपको फाइनलमा आर्मी सडन डेथमा पराजित भएको थियो भने इटहरिमा क्वाटरफाइनलमा सडन डेथमा नै थ्रीस्टारलाइ आर्मीले हराएको थियो ।
जारी प्रतियोगितामा आर्मीले हिमालयन शेर्पा तथा क्यामरुनी टिम डफिन्सलाइ हराउदै फाइनल प्रवेश गरेको हो भने थ्रीस्टार युनाइटेड सिक्किम र एपिएफलाइ हराउदै फाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्