बडिखेलमा दौड हुँदै 



ललितपुर, (नेस)
२५ मुलुकका तीन सय बढी ट्रैल रनिङ धावक धाविका ललितपुरको बडिखेलमा दौडिँदै छन् ।
दौडमा युरोप, अमेरिका, अफ्रिका, एसिया लगायत महादेशका विभिन्न मुलुकका ट्रैल धावक धाविका सहभागि हुने आयोजकले जनाएको छ । आज शनिबार दौड हुने आयोजकको भनाई रहेको छ ।

ट्रैल रनिङ नेपालले आयोजना गर्न लागिएको दौडमा नेपालको तर्फबाट धाविका मिरा राई र अर्का धावक भिम गुरुङ सहभागि हुने आयोजक ट्रैल प्रबन्धक आशिष मिश्रले बताए ।

गोदावरी नगरपालिका–४ बडिखेलको हाईकिङ रुट तथा पर्यटकिय क्षेत्र घोषणा गर्दै पर्यटक भित्र्याउने उद्देश्य राखेर दौड गर्न लागिएको वडा अध्यक्ष मुकुन्ड पहरीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्