रोल्पामा दोहोरी गीत प्रतियोगिता



रोल्पा, (नेस)। बाह्य संस्कृतिको प्रभावले हराउन थालेका लोक संस्कृतिको संरक्षण गर्ने भन्दै रोल्पाका संस्कृतिपे्रमी युवाहरूले राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता आयोजना गरेका छन्।

कला संस्कृतिमा अब्बल रोल्पालाई मँल प्रवाहमा समावेश गर्दै नयाँ प्रतिभाको खोजी गर्न प्रतियोगिताले सहयोग गर्ने अपेक्षा गरिएको छ।
जिल्लामा पहिलोपटक भएको राष्ट्रियस्तरको उक्त लोकदोहोरी प्रतियोगिता राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा रोल्पाले आयोजना गरेको हो। प्रतियोगितामा जिल्लाभित्र र बाहिर गरी १३ समँहले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा काठमाडांैका ४ समँह, प्युठान र दाङको १÷१ समँह र रोल्पाका विभिन्न स्थानीय तहका ७ समँहले सहभागिता जनाएको आयोजकले जनाएका छन्।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समँहलाई क्रमशः नगद १ लाख, ५० हजार, ३० हजार र २० पुरस्कार मेडल र प्रमाणपत्रको व्यवस्था रहेको प्रतियोगिताको उत्कृष्ट १ पुरुष र १ महिला कलाकारलाई जनही ५ हजार नगद, मेडल र प्रमाण पत्रको समेत व्यवस्था गरिएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा रोल्पाका अध्यक्ष मिलन रोकामगरले जानकारी दिए। प्रतियोगितामा रोल्पा कलाकार समाज काठमाडौंले प्रथम स्थान हासिल गरेको छ। यसैगरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान दाङ द्वितीय भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रोल्पा र उपत्यका समन्वय समितिले तृतीय स्थान हासिल गरेका छन्।

उत्कृष्ट गायिकातर्फ बीच बजार समँह रोल्पाका एलिना बुढा र गायकतर्फ प्युठानका टेकेन्द्र जीएम विजयी भएका छन्। प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रमेश बिजी, सचिव राधिका हमाल र कृष्ण रेउले केन्द्रीय सदस्य हरि डाँगी र शिव हमाल, पँर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा र वरिष्ठ लोकदोहोरी गायिका पवित्रा घर्तीमगर निर्णायकको भँमिकामा रहेका थिए।

‘जिल्लाका स्थानीय तहको साझेदारी तथा वैदेशिक रोजगारीमा रही कला संस्कृतिलाई माया गर्नेहरूको सहयोगमा कार्यक्रम आयोजना गरेका हौंै।’ –अध्यक्ष रोकामगरले भने।

प्रतिक्रिया दिनुहोस्