इबिए बास्केटबल बुधबारदेखि


काठमाडौं, (नेस)
इडेन ब्रिज एकेडेमी (इबिए) को आयोजनामा प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर गल्र्सतर्फ १६ र जुनियर ब्वाइजमा १२ टिमको सहभागिता रहने इबिएका प्रिन्सिपल प्रेमकुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

गल्र्सको स्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुनेछ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । छदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजककै कोर्टमा हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।