सोम र अमन सम्मानित


काठमाडौं, (नेस)
नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघले आफ्ना पदक विजेता दुई खेलाडीलाई बिहीबार सम्मान गरेको छ ।

भारतमा भएको पाँचौं विनर खुला स्नुकर प्रतियोगिताका स्वर्ण विजेता सोम लामा र रजत जितेका अमन कार्कीलाई सम्मान गरिएको हो । न्यु फ्रेन्ड्स क्लब भुटिया नाम्चेको आयोजनामा जनवरी ५ देखि ९ तारिखसम्म भएको प्रतियोगितामा ६४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

संघका अध्यक्ष एवं स्नुकर पूर्व च्याम्पियन सरोजकुमार मुल्मी, स्नुकर संघकै पूर्व अध्यक्ष श्यामकृष्ण चित्रकारलगायतले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।