गजुरीबाट ४ केजी सुनसहित चार जना पक्राउ


काठमाडौं। धादिङको गजुरीबाट ४ केजी सुनसहित चार जना युवा पक्राउ परेका छन् ।

तीन नम्बर प्रदेश प्रहरी कार्यलयबाट खटिएको प्रहरीको बिशेष टोलीले रसुवाका बर्ष २७ का सन्जिप वाइबा,नुवाकोटका बर्ष २२ का सुरेन्द्र तामाङ , नुवाकोटकै र २४ बर्षका बिकास तामाङलाई ४ केजी सुन सहित गजुरीबाट पक्राउ गरेको हो ।

बा ८७प ७७३१ र प्रदेश ३ – ०२-०० ३प २५४० नम्बरका दुई वटा मोटरसाइकालमा सुन बोकेर काठमाडौंबाट चितवनतर्फ जादै गरेको सुचनाको आधारमा प्रहरीले उनीहरुलाई गजुरीबाट पक्राउ गरेको जनाएको छ ।

सुन कहाँबाट ल्याइएको हो र वास्तविक सुनका मालिक को हुने भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका चारै जनाले वास्तविक सुन तस्करको बारेमा बयान दिन इन्कार गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।