नेपाल समाचारपत्र, भद्रपुर ।
टोपी दिवसको अवसर पारेर ट्राभल्स सङघ झापाले विभिन्न स्थानमा कार्यक्रम गरी डेढसय थान नेपाली ढाका टोपी वितरण गरेको छ । सङ्घले काकँडभिट्टा, दमक र भद्रपुरमा कार्यक्रम गरी टोपी वितरण गरेको हो ।
काकँडभिट्टामा मेचीनगरपालिका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यमा बजार परिक्रमा गरी नेपाली टोपीको पहिचान र महत्वको बारेमा जानकारी गराएको थियो । सो क्षेत्रमा ७० थान नेपाली ढाका टोपी वितरण गरिएको थियो । त्यसैगरी सङ्घका सचिव टिकप्रसाद खरेलको संयोजकत्वमा दमकमा विभिन्न कार्यक्रम गरी ३० थान टोपी वितरण गरिएको थियो । त्यस्तै भद्रपुर स्थित चन्द्रगढी नागरिक उडड्यन कार्यालयमा आयोजना गरेको कार्यक्रममा ५० थान टोपी वितरण गरिएको थियो ।
युवा वर्गमा नेपाली टोपी लगाउने परम्परा हटदै गएकोले नेपालको पहिचान ढाका टोपी हो भन्ने चिनाउनलाइ टोपी दिवसको महत्वको बारेमा बढी चर्चा गरिएको सङ्घका अध्यक्ष नीरबहादुर कार्की(नेत्र)ले बताए । टोपी दिवसको दिनमा मात्र नभएर सधैभरी नेपाली ढाका टोपी लगाउनु पर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले जनाए ।











प्रतिक्रिया