व्यवसायी श्रेष्ठको पोल्यान्डमा रहस्यमय मृत्यु

0
Shares

दीपेन्द्र गजुरेल
स्पेन, म्याड्रिड ।
पोल्यान्डमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गदै आएका पोखरा लेकसाइडका ईश्वर श्रेष्ठको रहस्यमय ढंगमा मृत्यु भएको छ ।

गत शनिवार अवेरसम्म आफ्नै रेष्टुरेन्टमा काम गरेका श्रेष्ठ आइतवार आफ्नै कारभित्र मृत्त अवस्थामा फेला परेका पोल्याण्डस्थित वार्सा प्रहरीले जनाएको छ । रेष्टुरेन्टदेखि करिव एक किमी दुरीमा रहेको आफ्नै निलो रङको डब्लुइ ८७४ एसएम नम्बरको कारको सिटमा श्रेष्ठ मृत्त भेटिएका वार्सा प्रहरीको भनाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्च पोल्यान्डका संयोजक टंक कटवालले बताए ।

‘शनिबार राति काम सकेर साथिहरुलाई जादै गर्नु म आउन ढिलो हुन्छ भनेर केहि अवेर निस्किएका श्रेष्ठ आफ्नै कारमा मृत्त अवस्था भेटिएको प्रहरीले जनाएको छ’–कटवालले भने । उनका अनुसार श्रेष्ठले विगत चारवर्षदेखि आफ्नै स्वामित्वको ‘एभरेष्ट लन्च एण्ड बार रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

उनको रहस्यमय निधनको कारण पत्ता लगाउन पोल्यान्डमा रहेका नेपालीले प्रहरीलाई आग्रह गरेका छन् । मृत्तक श्रेष्ठको पोखरामा श्रीमती र एक छोरा समेत रहेको बताइएको छ ।