राजधानी सबैको पहुच र अनुकुल हुर्ने गरी बनाईन्छ: सभामुख घर्ती

0
Shares

यमलाल भुसाल, बुटवल । प्रदेश नम्बर ५ का सभामुख पुर्ण बहादुर घर्तीले राजधानी सबैको पहुच, र अनुकुल हुर्ने गरी बनाउनु पर्नेमा जोड दिनुभयो । राजधानीको विषयमा भौगोलीक विकटता पनि महत्पूर्ण रहेको भन्दै उहांले कसैको घर, जग्गा, घडेर कहां छ भनेर त्यहां राजधानी बन्नु पर्छ भन्ने तर्क गलत रहेको बताउनु भयो ।

प्रदेश को राजधानी कहां भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा सोच्न आवश्यक रहेको उहांको तर्क रहेकोे छ ।

राजधानीको विषयमा दीर्घकालिन सोंचको साथमा अघि सार्नुपर्ने बताउदै उहांले सरकार जग्गा किनेर राजधानी बनाउन नसक्ने भएकाले सरकारी जग्गा मा नै सरकारले राजधानी बनाउने बताउनु भयो ।

रिपोटर्स क्लव प्रदेश ५ ले मंगलवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा सभामुख घर्तीले प्रदेश कहां बनाउने भन्दा कस्तो बनाउने भन्ने बिषयमा व्यापक छलफल र बिश्लेषण आवश्यक भएको बताउनु भयो । उहांले भन्न्ुभयो –राजधानी कहां भन्दा पनि कस्तो बनाउने भन्ने विषय नै प्रमुख हुनुपर्दछ, राजधानी जहा भएपनि १सय बर्षसम्मका लागि अनुकुल हुने खालको हुनु पर्दछ ।

उहांले रुपन्देहीका सबै जिम्मेबार निकायसंग बांके र बर्दियाको क्षेत्रलाई समेत समेटेर कार्य अगाडी बढाउनको लागि आग्रह गर्नुभयो । उहांले प्रतिपक्ष दलको विरोध र सत्ता पक्षकै सांसदले गुनासो गरेको कारण स्थायी राजधानी र नामाकरण का लागि बिशेष समिति बनाएको बताउनु भयो । उहांले राजधानीको विषयलाई कसरी पार लगाउने भन्ने विषय सबै राजनीतिक दलको भएको भन्दै दलिय क्षेत्रबाट माथि उठेर कार्य गरेको बताउनु भयो ।

सभामुख घर्तीले केही अप्ठारोका विचमा गरिएको कार्य सन्तोषजनक रहेको बताउनुभयो । संविधान कार्यान्वयन गर्ने दायित्व सबैको रहेको भन्दै उहांले सबैको सहकार्यबाट संविधान र संघीयता कार्यान्यवन गर्नुपर्ने बताउनु भयो ।

यमलाल भुसाल, बुटवल । प्रदेश नम्बर ५ का सभामुख पुर्ण बहादुर घर्तीले राजधानी सबैको पहुच, र अनुकुल हुर्ने गरी बनाउनु पर्नेमा जोड दिनुभयो । राजधानीको विषयमा भौगोलीक विकटता पनि महत्पूर्ण रहेको भन्दै उहांले कसैको घर, जग्गा, घडेर कहां छ भनेर त्यहां राजधानी बन्नु पर्छ भन्ने तर्क गलत रहेको बताउनु भयो ।

प्रदेश को राजधानी कहां भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा सोच्न आवश्यक रहेको उहांको तर्क रहेकोे छ ।

राजधानीको विषयमा दीर्घकालिन सोंचको साथमा अघि सार्नुपर्ने बताउदै उहांले सरकार जग्गा किनेर राजधानी बनाउन नसक्ने भएकाले सरकारी जग्गा मा नै सरकारले राजधानी बनाउने बताउनु भयो ।

रिपोटर्स क्लव प्रदेश ५ ले मंगलवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा सभामुख घर्तीले प्रदेश कहां बनाउने भन्दा कस्तो बनाउने भन्ने बिषयमा व्यापक छलफल र बिश्लेषण आवश्यक भएको बताउनु भयो । उहांले भन्न्ुभयो –राजधानी कहां भन्दा पनि कस्तो बनाउने भन्ने विषय नै प्रमुख हुनुपर्दछ, राजधानी जहा भएपनि १सय बर्षसम्मका लागि अनुकुल हुने खालको हुनु पर्दछ ।

उहांले रुपन्देहीका सबै जिम्मेबार निकायसंग बांके र बर्दियाको क्षेत्रलाई समेत समेटेर कार्य अगाडी बढाउनको लागि आग्रह गर्नुभयो । उहांले प्रतिपक्ष दलको विरोध र सत्ता पक्षकै सांसदले गुनासो गरेको कारण स्थायी राजधानी र नामाकरण का लागि बिशेष समिति बनाएको बताउनु भयो । उहांले राजधानीको विषयलाई कसरी पार लगाउने भन्ने विषय सबै राजनीतिक दलको भएको भन्दै दलिय क्षेत्रबाट माथि उठेर कार्य गरेको बताउनु भयो ।

सभामुख घर्तीले केही अप्ठारोका विचमा गरिएको कार्य सन्तोष जनक रहेको बताउनुभयो । संविधान कार्यान्वयन गर्ने दायित्व सबैको रहेको भन्दै उहांले सबैको सहकार्यबाट संविधान र संघीयता कार्यान्यवन गर्नुपर्ने बताउनु भयो ।