काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) का हालीय पदाधिकारीमाथि प्रमाण पेश गर्ने क्रम बढेको छ । सोमबार पत्रकार सम्मेलनमा ४ जिल्लाका अध्यक्षले हालीय एन्फाविरुद्ध अनियमितताको प्रमाण पेश गरे ।
कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेको एन्फाले ९ महिनामा आर्थिक अनियमितता, अपारदर्शिता र गलत क्रियाकलापबारे ती अध्यक्षहरुले जानकारी गरायो । काठमाडौं, ललितपुर, भक्तपुर र धादिङका जिल्ला फुटबलका अध्यक्षले जानकारी गराएअनुसार विदेशी नागरिक नविन पाण्डेलाई फिफा कँग्रेसमा नेपालको प्रतिनिधि गराएको थियो ।
यसैगरी एन्फामाथि अन्य आरोपमा फिफा विश्वकप २०१८ को टिकट विक्री वितरण पारदर्शीता नभएको, आर्थिक नियमावली साधारण सभाबाट पारित भएपनि त्यसको कार्यान्वयन नभएको, जथाभावी मनोमानी ढंगबाट भत्ता वितरण गरेको, फिफाबाट प्राप्त ३ करोड रकम विना प्रक्रिया हचुवाको भरमा माँग गरिएकोसहित १४ बुँदा पेश गरियो ।











प्रतिक्रिया