नेपाल समाचारपत्र, काठमाडौं
जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार १२औं चरणको खेलमा गोलको वर्षा भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको न्युरोड टिम (एनआरटी) र मच्छिन्द्र क्लबबीचको खेलमा १० गोल भएका हुन् । दुबै टोलीले ५–५ गोल प्रहार गर्दै १–१ अंक जोडेका थिए । एनआरटी ६ अंक र मच्छिन्द्र ७ अंकसहित अंकतालिकाको पुछारमा रहेका छन् ।
मच्छिन्द्रले ४–१ को अग्रता लिएको थियो र जारी लिगमा दोस्रो जित निकाल्ने तरखरमा थियो । तर एनआरटीले अपत्यारिलो ढंगले पुनरागमन गर्दै पहिलो हाफ ४–४ बराबरीमा सकाएको थियो । दोस्रो हाफमा दुबैले एक–एक गोल थपेपछि जारी लिगमा सर्वाधिक गोलको खेल सावित भयो ।
मच्छिन्द्रले शुरुवात चौथो मिनेटमै भासाडिया डियामन्डेको गोलमार्फत् अग्रता लिएको थियो । नवौं मिनेटमा मच्छिन्द्रका गोलकिपर दिप कार्कीले आत्मघाती गोल गरेपछि खेल १–१ बराबरीमा पुग्यो । तर एक मिनेटमै विशाल राईले गोल थप्दै मच्छिन्द्रको अग्रता २–१ मा ल्याए । २८औं मिनेटमा खामिर गिल्सनले र ३०औं मिनेटमा अनिल गुरुङले गोल गर्दा मच्छिन्द्र स्पष्ट ३ अंक जोड्ने मुडमा थियो ।
एनआरटीका अशोक थापाले ३३औं र ३५औं मिनेटमा लगातार दुई गोल गरेपछि खेल ४–३ मा खुम्चियो । साथै पहिलो हाफको इन्जुरी समयमा शुशील लामाले गोल गर्दा एनआरटी ४–४ बराबरीमा खेललाई पल्टाउन सफल भयो । त्यसो त विशालले ६४औं मिनेटमा गोल गरेर मच्छिन्द्रलाई पुन अग्रतामा पु¥याए । ८६औं मिनेटमा कौआसी इस्माइलले गोल थप्दा एनआरटीले हार टा¥यो भने मच्छिन्द्र जितबाट वंचित भएको थियो ।
यसैगरी त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबसँग गोलरहित बराबरी खेलेर दोस्रो हुने होडबाट लगभग बाहिरियो । यो नतिजाले आर्मीको २२ अंक भएको छ भने जावलाखेलको १२ अंक छ । त्यस्तै अर्को खेलमा ब्रिगेड ब्वाइज क्लबले फ्रेन्डस् क्लबलाई ३–० ले पराजित ग¥यो । टोलीको जितमा काजीम बुसारीले दुई तथा करिमले एक गोल गरेका थिए । दुबै टोली ९–९ अंकमा रहेका छन् ।











प्रतिक्रिया