कांग्रेस गुट–उपगुटको असर विद्यार्थी संगठनमा



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सशक्त युवा संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच खुकुरी हानाहान भएको समाचार सार्वजनिक भएको छ। गुट–उपगुटमा विभाजित कांग्रेसको असर विद्यार्थी संगठनमा समेत परेको छ। अधिवेशन गराउने विषयमा भएको विवादमा एउटै संगठनका विद्यार्थीबीच खुकुरी हानाहान हुनु दुःखको कुरा हो।

आफू–आफूसमेत मिल्न नसक्ने यस्ता संगठनका कार्यकर्ताबाट मुलुकमा विकास होला भन्ने अपेक्षा गर्नु मूर्खताबाहेक अरू केही हुँदैन। पर्साको वीरगन्जमा प्रतिनिधि छान्ने विषयमा भएको विवाद खुकुरी हानाहानमा परिणत हुनुले कांग्रेसभित्रको गुटले कतिसम्म जरा गाडेको रहेछ भन्ने पुष्टि गर्छ।

माथिल्लो तहका नेताहरूले हामी मिलिसक्यौं भनेर नाटक गरे पनि तल्लो तहमा भएको विवादले उनीहरूको सक्कली अनुहार देखिएको छ। कम्तीमा पनि कुनै विवाद भए टेबलमा बसेर छलफल गर्नुपर्नेमा हतियार प्रहार गर्नेसम्मको हर्कतले राजनीतिमा अपराधीकरणले प्रश्रय पाएको देखिन्छ। यस्ता हर्कत गर्नेलाई पार्टी नेतृत्वले कारबाही नगर्ने हो भने यसले भोलि अर्को जटिल समस्या निम्त्याउन सक्छ। यसतर्फ नेतृत्वले समयमा नै ध्यान दिन जरुरी छ।
– सुप्रिया रौनियार, छपकैया, पर्सा।

प्रतिक्रिया दिनुहोस्