रोगजारीको सिर्जना गर


मुलुकमा बेरोजागीको दर बढेपछि सरकारले मुलुकमै रोजगारीको ग्यारेन्टी गर्न विभिन्न उद्योग व्यवसाय खोल्नुपर्नेमा बेरोजगार युवालाई विदेश पठाउने वातावरण सिर्जना गर्नेतर्फ सरकार उन्मुख हुनु राम्रो होइन। केही दिनयता सरकारले आफ्नो सफलताको रूपमा नेपालबाट जापान र कोरिया युवा पठाउन औपचारिकरूपमा सम्झौता गरेको भन्दै पत्रपत्रिकामा समाचार छपाउन उद्यत् भएको देख्दा उदेक लाग्छ।

मुलुकमा कलकारखाना खोल्न लाग्नुपर्ने सरकार युवाहरूलाई विदेश पठाउन सम्झौता गर्नु लज्जाको विषय हो। लाखौं युवा बेरोजगार भएर कामको खोजीमा रहनु र सरकार कुनै पनि स्वरोजगार कार्यक्रम सार्वजनिक गर्न असफल हुँदै जानु पक्कै राम्रो होइन। दुई विशाल मुलुकको बीचमा रहेको नेपाल विश्वमा नै गरिब राष्ट्रको उपमा पाएको देशलाई यो उपमाबाट मुक्त बनाउन सरकार लाग्नुपर्दछ।

आर्थिक समृद्धिको कुरा गरेर नथाक्ने अहिलेको सरकारको काम कारबाही हेर्ने हो भने दयाको अवस्था रहेको छ। प्रधानमन्त्री केपी ओलीको आर्थिक समृद्धिको नारा बोलीमा मात्रै सीमित हुनुले पनि बेरोजगारको संख्या बढ्दो क्रममा रहेको छ। मुलुकलाई चाहिने युवाशक्ति बाहिर पठाएर हामीले कस्तो राष्ट्र निर्माण गर्न खोजिरहेका छौं रु यसमा सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बेला आएको छ। दुई तिहाइको सरकारले समेत काम गर्न नसक्नु र रोजगारीका लागि उद्योग कलकारखाना स्थापनाका साथै विदेशी लगानीलाई नेपाल ल्याउन पहल गर्न नसक्नु मुलुकको सबैभन्दा ठूलो दुर्भाग्य हो। सरकार नारामा मात्र सीमित नराख, आर्थिक समृद्धिका कुरालाई व्यवहारमा पनि लागू गर।
– कल्पना पौडेल, भरतपुर, चितवन

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।