वाइडबडी विमानको वास्तविकता के हो ?



केही सयमयता नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमानको बारेमा राष्ट्रिय बहस भइरहेको छ। बल्लबल्ल बामे सर्न लागेको नेपाल वायु सेवा निगमलाई धराशयी बनाउन अहिले विभिन्न कोणबाट आक्रमणको प्रयास भइरहेको छ। विमान खरिदको विषयलाई लिएर हालै सार्वजनिक भएका तथ्यहरू हेर्ने हो भने पनि निगमलाई धराशयी बनाउने र आफ्नो स्वार्थ अनुकूलको विमान कम्पनी चलाउने गिरोहले निगमलाई बदनाम गराउँदासमेत सरकार मुकदर्शक भएर बस्नु लज्जाको विषय भएको छ।

विमान गरिद गर्दा अनियमितता भएको भए त्यस बेला खरिद प्रक्रियामा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याएर निगमलाई बचाउनेतर्फ उन्मुख हुनुको विकल्प छैन। अहिले विमान माफियाहरू निगमलाई असफल बनाउनेतिर उन्मुख हुँदै जानु र सांसद तथा दलका नेताहरू पनि माफियाको पछि लागेर होमा हो गर्दै हिँड्नुले कतै निगम डुब्ने त होइन रु भन्ने चिन्ता बढ्दै गएको छ। माफियाले वाइडबडी खरिदमा जबरजस्ती अनियमितता भएको भन्दै निगमलाई बदनाम गराउने खेललाई तीव्र बनाएको र नेपालमा रहेका विभिन्न विमान कम्पनीका एजेन्टहरू अहिले निगमको साख गिराउन उद्यत् रहेका छन्।

यस्ता हर्कत हुँदासमेत सरकार भने मुकदर्शक भएर बसेको देखिन्छ। कम्तीमा पनि वास्तविकता के हो, त्यसको छानबिन गर्नुको बदला सांसदहरू पनि माफियाको चंगुलमा परेर विमान खरिदमा घोटला भएको भन्दै तीन हातमाथि उफ्रिएर छनबिन गर्नुपर्ने भन्दै समिति गठन गरेर बार्गेनिङतिर लग्नु सुहाउने कुरा होइन। विमान खरिदमा यदि घोटला भएको भए यस खरिद प्रक्रियामा सामेल निगमका उच्च अधिकारीलाई कारबाही गर्दै आजन्म कैदको व्यवस्था गर्नुपर्दछ।
– बिजिता थापा रिजाल, कलंकी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्