दुर्घटना न्यूनीकरणमा ध्यान देऊ



मुलुकमा दुर्घटनाका कारण हरेक वर्ष हजारांैको मृत्यु हुँदा पनि सरकार भने उदासीन भएको देखिन्छ। दुर्घटनाका कारण हजारौंको मृत्यु हुनुका साथै अर्बौंको भौतिक क्षति हुने गरेको समाचार आउँदा पनि सरकारले दुर्घटना न्यूनीकरणका लागि पहल नगर्नु पक्कै राम्रो विषय होइन। विषेश गरी पहाडी क्षेत्रमा चल्ने सवारीसाधनको मापदण्ड निर्धारण नगर्दा यस्ता खाले दुर्घटनाका समाचारहरू आउने गरेका छन्। यसमा सरकारको ध्यान जान जरुरी छ।

हालै दाङको राम्रीमा भएको बस दुर्घटनामा २३ जनाको मृत्यु भयो। सरकारले उक्त घटनामा दुःख व्यक्त गर्ने तर दुर्घटनाको कारण नखेज्ने प्रवृत्ति हाबी भएकाले पनि दुर्घटनामा कमी आउन सकेको छैन। यसतर्फ सरकारले समयमा नै ध्यान नदिने हो भने यो समस्या विकराल हुने देखिन्छ।
– विशाल कार्की, बुटवल।

प्रतिक्रिया दिनुहोस्