केन्यामा उद्धार गरिएका २१ चेलीको अवस्था के छ ?



शायद दुई महिना जति भयो होला, यसै अखबारमा कानुन व्यवसायी बालकृष्ण मैनालीको एउटा मन छुने लेख पढेको थिएँ। सो लेखको कटिङ अहिले पनि मसँग सुरक्षित छ। सो लेखमा भनिएअनुसार दशैँअगाडि नेपाली चेलीको सम्बन्धमा एउटा पीडादायी खबर छापिएको रहेछ। खबर सार्वजनिक भएअनुसार नेपालका २१ चेलीहरूलाई मानव बेचबिखनका दलालहरूले विभिन्न प्रलोभन दिएर केन्या पु¥याएका रहेछन्। केन्या पुगेका ती चेलीहरूलाई विभिन्न क्लबहरूमा नृत्य प्रस्तुत गर्दै गरेको अवस्थामा गएको श्रावण ३ गते राति उद्धार गरेको थियो। केन्याको वेस्टल्यान्ड क्षेत्रका दुईवटा रात्रिकालीन क्लबहरूबाट केन्यास्थित मानव बेचबिखन प्रतिरोध तथा बालरक्षा एकाइ र अपराध एकाइको संयुक्त टोलीले मागासियो सडकमा छापा मारी ती २१ चेलीहरूलाई उद्धार गरिएको रहेछ।

लेखक मैनालीले सरकारलाई घचघच्याउँदै लेखेका थिए– ती चेलीहरूको अवस्था बुझी थप उद्धारसहित नेपाल फर्काई तिनीहरूसँग वास्तविकता बुझेर कसुरदारलाई कानुनको कठघरामा उभ्याउनुपर्ने हो कि होइन रु त्यो सम्बन्धित सरोकारवाला पक्षहरूलाई मनन हुनुपर्ने हो। केन्या प्रहरी प्रशासनबाट उद्धार गरिएका ती चेलीहरू कसरी केन्या छिरे ?

केन्यामा उद्धार गरिएका ती चेलीहरू कि त कुनै सुधार गृहमा छन्, कि त थुनामा छन्। जे भए पनि उनीहरू अप्ठ्यारो परिस्थितिमा छन्। सार्वजनिक भएको समाचारले यस्तै कुराको संकेत गरेको न्यौपानेको तर्क छ।

साउनमा सार्वजनिक भएको यो समाचारबारे पुस लागिसक्दा पनि राज्यले प्रस्ट पार्न सकेको छैन। उनीहरू कुन अवस्थामा छन् रु तिनीहरू परिवारको सम्पर्कमा छन् कि छैनन् रु सरकारले केन्या सरकारसँग समन्वय गरी सत्यतथ्य प्रकाशमा ल्याउनु अपरिहार्य छ। ती नेपाली चेलीहरू स्वदेशमै फर्किई पो सके कि रु अथवा कहीँ–कतै पीडादायी जीवन बिताउन बाध्य भएका छन् कि रु खोज–अनुसन्धान हुनुप¥यो।
– सुनिता गुरागाईं, ललितपुर।

प्रतिक्रिया दिनुहोस्