विगतकै जस्तो ठाँट किन ?



हाम्रा राष्ट्रप्रमुख राजधानीभित्रै कतै जाँदा सामान्यरूपमा जाँदा नहुने किन रु पूरै सडक खालि गराएर पर्याप्त सुरक्षाकर्मीसहित भव्यरूपमा सवारी हुनुपर्ने जरुरी के नै छ र रु अरू त अरू, मन्दिरमा दर्शन गर्न जाँदा पनि ठाँटबाँट हाम्रा धर्म–संस्कृतिहरूले हाम्रो पहिचान गराएका छन्। धर्म–संस्कृति पुरातात्विक सम्पदा पनि हुन्। यिनको हामीले जगेर्ना पनि गर्नुपर्छ। तर अहिले पनि कुनै चाडबाडमा मन्दिरमा दर्शनार्थ जाँदा विगतका राजाहरूको ठाँटजस्तै अहिलेका राष्ट्रप्रमुखहरूले गर्ने हो भने के नै परिवर्तन भएको अनुभूति भयो र रु हिजो राजतन्त्रमा राजाले जे–जे गर्थे, आज राष्ट्रपतिले पनि त्यही गरी राजकीय ठाँट र शानका साथ मन्दिर जानु सुहाउने कुरा होइन।

जनतालाई दिक्क हुने गरी गरिएका यस्ता ठाँटमा गरिने खर्च पनि अनुपलब्धिमूलक नै हुन्। विगतका सामन्तहरूका राजकीय शानले वाक्क भइसकेका हामीलाई यस्तो ठाँट चाहिँदैन। महँगा र विलासी सवारीसाधनमा अघिपछि हाइँहाइँ र हुइँहुइँ गर्दै अन्य यात्रुलाई सास्ती दिएर हिँड्नुको औचित्य छैन। सामान्य गाडीमा अन्य व्यक्तिसरह हिँडे पनि हाम्रा राष्ट्रप्रमुखलाई कुनै खतरा छैन। बरु ठाँटबाँट छोडेमा सबै जनताको प्रशंसित भइन्छ। यो मैले मेरो विचार पोखेको हुँ।
– अनुज दुःखी, पुरानो बानेश्वर, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्