जापानमा एक नेपाली युवकको आकस्मिक निधन



टोकियो ।

जापानको ईबाराकी प्रान्तको ईनाशिकीमा एक नेपालीको आकस्मिक निधन भएको छ ।

आइतवार बिहान धनकुटा खोकु छिन्ताङ्को २३ वर्षीय युवराज राईको आकस्मिक निधन भएको हो ।

मृतक राईको के कारणले निधन भएको हो भन्ने वारे कारण खुल्न सकेको छैन ।सदा झै बेलुका खाना खाएर साथीहरूसंग फोनमा कुरा गरेको र सामान्य अवस्था मै सुतेको राईको बिहान उठाउदा नउठेपछी चलाएर हेर्दा मुत्यु भैसकेको उनका साथीले जानकारी दिएको किरात राई यायोक्खा जापानका सल्लाहकार संजीव राईले बताउनु भयो ।

मृतक युवराज राई २–३ महिना अघि मात्र पर्यटन भिसामा जापान आएको खुल्नमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्