२ सय ८३ वालवालिकालाई न्यानो लुगा



किरन धामी, दार्चुला ।
महाकाली नगरपालिका भित्र रहेको २ सय ८३ जना टुहुरा वालवालिकाहरु न्यानो लुगाबाट लाभान्वित हुने भएका छन् । नगरपालिकाको वडा नम्बर १ देखी ९ नम्बर वडा सम्मका टुहुरा वालवालिकाहरु नगरपालिकाले वितरण गर्ने न्यानो लुगाबाट लाभान्वित हुने नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले जानकारी दिए ।

आमा वुवा दुवै नभएका तथा आमा वा वुवा नभएका टुहुरा वालवालिकाहरुलाई न्यानो लुगा वितरण गर्न लागिएको उनले बताए । न्यानो लुगाबाट सबै भन्दा बढी वडा नम्बर १ का वालवालिकाहरु लाभान्वित हुने तथ्याङ्कले देखाएको छ । नगरपालिकाका वडाहरुको तथ्याङ्क अनुसार वडा नम्बर १ का ७९ वालवालिका, वडा नम्बर २ र ३ का समान ४१ वालवालिका, वडा नम्बर ४ का ८, वडा नम्बर ५ का १५, वडा नम्बर ६ का १८, वडा नम्बर ७ का २०, वडा नम्बर ८ का ३६ र वडा नम्बर ९ का २५ जना वालवालिकाहरु न्यानो लुगाबाट लाभान्वित हुने भएका छन् ।

टुहुरा वालवालिकाहरु बढी जसो १६ वर्ष उमेर समुहका रहेको नगरपालिकाले जनाएको छ । नगरकार्यपालिकाको बैठकले निर्णय गरे अनुसार नगर क्षेत्र भित्र रहेका टुहुरा वालवालिकाहरुलाई न्यानो लुगा वितरण गरिन लागेको प्रवक्ता जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्