६ महिनाको अवधिमा ३२ थान मुद्धा दर्ता



किरन धामी, दार्चुला ।
चालु आर्थिक वर्ष २०७५÷७६ को हाल सम्ममा जिल्ला प्रहरी कार्यालय दार्चुलामा विभिन्न किसिमका गरी ३२ थान मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । चालु आवको ६ महिनाको अवधिमा ३२ थान मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एंव सुचना अधिकारी हिक्मतबहादुर बोहराले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा चालु आर्थिक वर्षको साउन महिनामा ७, भदौमा ४, असोजमा ८, कार्तिकमा ६, मंसिरमा ६ र पौषमा १ वटा गरि ३२ थान मुद्धा दर्ता भएको उनले जानकारी दिए । यस्तै चालु आर्थिक वर्षमा २० जना अभियुक्तलाई प्रक्राउ गरेको प्रहरीको तथ्याङ्क छ । प्रहरीले साउन र भदौमा ६/६ जना, असोजमा १ जना, कार्तिकमा ६ जना, मंसिरमा १ जना गरी २० अभियुक्त पक्राउ गर्न सफल भएको सुचना अधिकारी बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका २० जना अभियुक्तलाई अदालतमा पेश गरिएको छ, भने जवरजस्ती करणी गरेका १ जना अभियुक्त फरार रहेको उनले जानकारी दिए । यसैगरी चालु आवको हाल सम्म जिल्लामा महिला पुरुष र वालवालिका गरी २४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालु आवको साउनमा ४ जना, भदौमा २ जना, असोजमा ६ जना, कार्तिकमा ४ जना, मंसिरमा ७ जना र पौष महिनामा १ जना गरी २४ जनाको मृत्यु भएको सुचना अधिकारी बोहराले जानकारी दिए । यस्तै प्रहरीले बन्यजन्तु तथा बन पैदावार निकासी पैठारी नियन्त्रण तर्फ ८ सय ४१ ग्राम यार्सा गुम्बा, ६ थान अबैध बन्यजन्तु भालुको पित्त, ७ सय ग्राम सतुवा, र ३ क्वीटल २० किलोग्राम खिरौला (सेतो चिनी) जडिबुडी बरामद गरेको जनाएको छ ।

प्रहरीले अपराध नियन्त्रणका लागी समय समयमा न्यायधीस, प्रमुख जिल्ला अधिकारी जिल्ला सरकारी वकील संग अन्तरक्रिया गर्नुका साथै दार्चुला जिल्ला संग जोडिएका खुल्ला सिमा नाका भएका कारण भारतका सुरक्षा निकायहरुसँग समेत समन्वय गर्दै आइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्