काठमाडौंको कुरूपताले पर्यटनमा असर पर्ला नि



काठमाडौं उपत्यकाको पछिल्लो अवस्था हेर्ने हो भने चित्त बुझाउने ठाउँ नै देखिँदैन। जताततै सडक भत्काएर अवस्था बिजोग छ। धूलोले राजधानीवासीको दैनिकीमा गम्भीर असर पर्दासमेत त्यसतर्फ कसैको ध्यान जान सकेको छैन। बाटो खनेर लामो समयसम्म छोड्ने प्रवृत्ति दैनिक बढ्दै गएको छ। नियामक निकाय कानमा तेल हालेर बसेको कारण ठेकेदारको लापर्वाही दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेको छ।
अहिले धूलोले राजधानीका कुनै घर पनि अछूतो रहन सकेका छैनन् भने नेपाल घुम्न आउने विदेशी पर्यटकसमेत छिःछिः र दुरदुर गर्दै मुख छोपेर हिँडेको देखिन्छ। नेपाल घुम्न आउने पर्यटकले नेपालको अवस्थाको बारेमा आफ्नो देशमा पुगेर जानकारी गराए भने कोही पनि पर्यटक नेपाल घुम्न नआउन सक्छन्। नेपालको प्रमुख आयस्रोतको रूपमा रहेको पर्यटनमा धक्का लाग्यो भने नेपालको अवस्था कस्तो होला रु यसतर्फ सरकारको ध्यान जान जरुरी छ। राजधानीमा देखिएको धूलो नियन्त्रणमा राज्य निरङ्कुश बन्नुपर्ने अवस्था र्सिजना भएको छ। बेलैमा यस्ता विकराल अवस्थाको अन्त्य गर्न जरुरी छ।
– विमल क्षत्री, बनेपा, काभ्रे।

प्रतिक्रिया दिनुहोस्