जनताको अपेक्षा पूरा गर



हरेक दिन बिहान राजधानीबाट प्रकाशित हुने पत्रपत्रिका हेर्ने हो भने यो मुलुकमा सरकार छैन कि भन्ने खालका समाचार प्रकाशित भएको पाइन्छ। सरकारमा रहेका मन्त्रीहरूको रबैयाको त के कुरा गर्नु, उनीहरू जनताका सेवक होइनन्, आ–आफ्नो स्वार्थ पूर्ति गर्न मन्त्री भएका हुन् कि भन्ने आशंका उत्पन्न भएको पाइन्छ। मन्त्रीले दोहोरो सुविधा लिएर पनि आफूले दोहोरो सुविधा लिएको थाहा नपाएजस्तो नकचरो कुरा गरी जगत हसाउने काम गरेको देखिन्छ। सरकार हरेक क्षेत्रमा असफल हुँदै गएको भन्दै आमजनताले चिन्ता व्यक्त गर्दा पनि सरकार भने आफूलाई सुधार गर्नुको सट्टा जनतालाई दोष थोपर्ने काममा लागेको देखिन्छ।

अहिले सरकारप्रति आशावादी हुने ठाउँ कहीँ–कतै देखिँदैन। जता हेरे पनि कहाली लाग्दो अवस्था सिर्जना हुनु पक्कै पनि राम्रो होइन। सरकारले जनतालाई आशावादी बनाउनुको सट्टा निराशावादी बनाउने काम गर्नु मुलुकको लागि राम्रो काम होइन। सरकारले जनताको अपेक्षाअनुसारका काब गर्नु अहिलेको आवश्यकता हो। चुनाव एकपटक मात्र आउँदैन, यसलाई अहिलेका सत्ता सञ्चालकहरूले बुझ्नु जरुरी छ। भारतमा सत्तारुढ दल भारतीय जनता पार्टीलाई पछिल्लोपटक भएको चुनावमा जनताले धूलो चटाइदिएको उदाहरणलाई नेपालका शासकहरूले मनन गर्न जरुरी छ। होइन भने अब आउने निर्वाचनमा नेकपालाई पत्तासाफ नगराइदेलान् भन्न सकिन्न। यसतर्फ ध्यान दिन जरुरी छ।
– सरु ढकाल, सानो भ¥याङ, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्