आगलागीबाट २ जनाको मृत्यु, ३३ लाख बराबरको धनमाल क्षति



काठमाडौं, रोल्पा र दाङमा आगलागीबाट २ जनाको मृत्यु भएको छ भने तेह्रथुम, खोटाङ र पर्सामा भएको छुट्टाछुट्टै आगलागीबाट करिब ३३ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

रोल्पा रुन्टिगढी गाउँपालिका–९ सुर्पाल बस्ने ५० वर्षीय निमप्रसाद पुनको कच्ची गोठमा शनिबार राति आगलागी हुँदा गोठमा सुतेका निम प्रसाद पुनको आगलागीमा जलेर मृत्यु भएको छ ।

दाङ बबई गाउँपालिका(७ मलईखोला गौजे बस्ने पुर्ण घर्तीको काठको छानो भएको गोठमा शनिबार राति उनकै श्रीमती लक्ष्मी घर्तीले आगो ताप्न बालेको आगोबाट आगलागी हुँदा सोही गोठमा सुतेको उनको १० वर्षीय छोरा राजु घर्तीको जलेर मृत्यु भएको छ ।

तेह्रथुम फेदाप गाउँपालिका–३ जलजले बस्ने दिलबहादुर कार्कीको घरमा सोलार प्यानलको विद्युत तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर, घरमा रहेको किराना पसलका सामान, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब १८ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्