रियल मेड्रिडलाई क्लब वल्र्ड कप उपाधि



अबुधाबी, (एजेन्सी)
स्पेनका रियल मेड्रिडले लगातार तेस्रो पटक क्लब वल्र्ड कपको उपाधि जितेको छ ।

शनिबार अबु धाबीको जायद स्पोर्ट्स सिटी रंगशालामा भएको फाइनल खेलमा रियलले घरेलु टोली अल एनलाई ४–१ गोलले हराएको हो । योसँगै ला लिगा क्लबको प्रतियोगितामा पाँच वर्षमा चौथो उपाधि बन्नुका साथै बार्सिलोना भन्दा १ उपाधि बढी भएको छ ।

टोलीको जितमा लुका मोड्रिचले १४औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । यो पहिलो हाफमा भएको एक मात्र गोल थियो । दोस्रो हाफमा भने ६०औं मिनेटमा मार्कोस लोरेन्टोले २५ यार्डबाट हाफ भली प्रहारमा गोल थपे ।

यस्तै मोड्रिचको कर्नरमा सर्जियो रामोसले हेडमार्फत् गोल गरी अग्रता तेब्बर पारे । टुकासा शियोटानीले ८६औं मिनेटमा एक गोल फर्काए पनि अल एनले गोल अग्रता खुम्च्याए । तर इन्जुरी समयमा नाडेरले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि अल एनको खेलमा फर्कने सम्भावना सकियो ।

प्रतिक्रिया दिनुहोस्