नेपाली चलचित्र ‘प्रसाद’ को स्पेनमा चर्चा



दीपेन्द्र गजुरेल, स्पेन ।
नेपाली चलचित्रहरुले युरोपियन मुलुकमा आफ्नो बजार विस्तार तिब्र गतिमा बनाउन सफल बन्दै गएको छ । स्पेनको राजधानी म्याड्रिड लगायत प्रमुख पर्यटकिय शहर बार्सिलोना,विलबाउ,बेनिड्रम लगायत अन्य शहरको हलहरुमा पुस २९ गतेबाट प्रर्दशनमा आउने भएको छ ।

सारा ईभेन्टस्को ब्यानरमा चलचित्र प्रसादले आफ्नो स्पेनभरी प्रर्दशनको तयारी अन्तिम चरणमा रहेको ईभेन्टस्का अध्यक्ष मेघनाथ ढकालले बताउछन् ।
नेपाली मौलिकतामा आधारित ‘प्रसाद’ फिल्ममा गाउ“मा अन्तरजातिय विवाह गरि राजधानि काठमाण्डौ छिरेका एक दम्पत्तीको जिवनमा सन्तान नभई निःसन्तान हुद“ाको पिडामा आउने जिवनको उतार चढावलाई चलचित्रमा समावेश गरेको छ । श्रीमान–श्रीमतीको भुमिकामा विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको रोमाञ्चक छटपटी तथा रोदनलाई मौकिम भुमिकामा प्रस्तुत गरिएको छ ।

उक्त चलचित्रमा नम्रता श्रेष्ठ,विपिन कार्की र निश्चल बस्नेत मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । ‘प्रसाद’ चलचित्रको निर्देशक दिनेश राउतले गरेका छन् भने कथा लेखन पत्रकार शुसिल पौडेलले गरेका छन् । सुभाष थापा ईन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ उत्कृष्ठ नेपाली चलचित्र बन्ने दावी गरिएको छ ।

चितवन घरभई विगत लामो समय देखि म्याड्रि स्थाई बसोबास गदै आएका ब्यवसायि तथा सारा ईभेन्टस्का अध्यक्ष मेघनाथ ढकालले भने ‘प्रसाद अन्य फिल्महरुको तुलनामा फरक शैली,आफ्नो पन र नितान्त नेपाली परिवेशमा बनेको फिल्म भएकाले एक पटक हेरेपछि सबैको मन छुने चलचित्र प्रर्दशन हुदैछ सबैले समय मिलाएर अवश्य नेपाली चलचित्रलाई माया गर्नुपर्ने बताउछन ।’

स्पेनमा विगतका दिनहरुमा पनि सारा ईभेन्टस्ले एक दर्जन भन्दा बढि चलचित्रहरु प्रर्दशनमा ल्याईसकेको छ । प्रवेश शुल्क भने १२ युरो राखिएको सारा ईभेन्टस्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्