सन्दीपका सिकार भए वाट्सन



काठमाडौं, (नेस)
नेपाली स्पिनर सन्दीप लामिछानेले अस्टे«लियाको घरेलु लिग बिगबासमा डेब्यु गरेका छन्। शुक्रबार आफ्नो पहिलो खेलमै उनले अस्टे«लियाकै दिग्गज ब्याटस्म्यान सेन वाट्सनलाई पहिलो शिकार बनाए। मेलबर्न स्टार्सका सन्दीपले वाट्सनलाई व्यक्तिगत २२ रनमा लंगअन बाउन्ड्रीमा लागरिनद्वारा क्याच आउट गराएका थिए। उनले दोस्रो विकेट अस्टे«लियाका क्यालम फर्गुसनको रूपमा आफूले नै क्याच गरेर लिए। तर यो खेल डीएल नियमअनुसार सिड्नी थन्डरले जितेको थियो। सन्दीपले पहिलो खेलमा ४ ओभरमा २ विकेट लिन ३६ रन खर्चेका थिए।

प्रतिक्रिया दिनुहोस्