बन्ने भयो प्रेम संसार



प्रेम संसारका नाममा फिल्म बन्ने भएको छ। फिल्मको बिहीबार राजधानीको भद्रकाली मन्दिरमा मुहूर्त गरिएको छ।

समाजिक प्रेमकथामा निर्माण हुन लागेको फिल्मको मुहूर्त सर्टको निर्देशन सोभित बस्नेत, कल्याप उत्तम केसी र क्यामारा स्विच अन रवि कार्कीले गरेका थिए। कलाकार प्रेम सोनी, मोनिका दाहाल र आयुष्मा कार्कीले मुहूर्त सर्ट दिएको कार्यक्रममा अस्मिता भण्डारीले नरिवल फोडेकी थिइन्।

सोनी फिल्म्स्को ब्यानरमा निर्माण हुन लागेको फिल्म प्रेमबहादुर सुनार र कमल सुनारले निर्माण गर्न लागेका हुन्।

फिल्ममा प्रेम सोनीको कथा, रामचन्द्र गौतमको पटकथा÷संवाद, अर्जुन पोखरेल र बीबी अनुरागीको संगीत, एकिन्द्र सारा शंकरको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, दीपेन बस्नेतको छायांकन र प्रेम शर्माको सम्पादन रहनेछ। काठमाडौं, पोखरा, चितवन, पर्वत, स्याङ्जालगायतका स्थानमा छायांकन गरिने फिल्ममा प्रेम सोनी, मोनिका दाहाल, विविशा पाण्डे, सोभित बस्नेत, उत्तम केसी, आयुष्मा कार्की, रामचन्द्र अधिकारी, शूरवीर पण्डित, लक्ष्मणविक्रम बस्नेत, राजकुमार शाह, सूदन धिताल, अस्मिता भण्डारी, सीता विक, सुनील विक, सृष्टि सुनार, गणेश सुनार, सौगात सोनी, प्रज्ज्वल सोनी, विशाल सोनी, सूर्य विश्वकर्मा, हीरालाल विश्वकर्मा, राजकुमार पौडेल, अर्जुन पौडेललगायका कलाकारको अभिनय रहनेछ।

आगामी १२ गतेदेखि छायांकनमा जाने फिल्म ३ सयभन्दा बढी म्युजिक भिडियो र ८ भन्दा बढी फिल्ममा मुख्य सहायक निर्देशक गरेका राम गौतमले निर्देशन गर्दै छन्। यसिअघि उनले जाउँ हिँड पोखरा निर्माण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्