डकुमेन्ट्री फिल्मलाई अवार्ड



राजधानीमा पिम नेपाल डकुमेन्ट्री फिल्म फेस्टिभल सम्पन्न भएको छ।

फेस्टिभलमा किङडम अफ हिमालय टुरिजमबाट पूर्ण राई उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड विजेता भएका छन्। त्यसै गरी छाउपडीबाट गंंगा भुजेल उत्कृष्ट सर्ट फिल्म, चक्रबाट शोभिता सिंखडा डकुमेन्ट्री, समय र सपनाबाट देवेन्द्र नेवाः पाश्र्व संगीत, टोखा जात्राबाट सानुकाजी थापा धार्मिक डकुमेन्ट्री निर्देशक, ओएचएसबाट जनकदीप पराजुली पर्यटन डकुमेन्ट्री निर्देशक, द स्याडो अफ माउन्टबाट शेखर खनाल मानव अधिकार डकुमेन्ट्री, कथा नालापानीकोबाट ओमा अधिकारी छायाँकार, फिलिङबाट नवीन निरौला सम्पादन, नेपाल अर्थक्विकबाट दीपक समीर स्वराङ्कन, द मंकी ट्याम्पलबाट रमेशमान श्रेष्ठ एनिमेटर, अत्ति भयोबाट हस्नेद लेखन, अजय अधिकारी सोचबाट जुरी अवार्ड र रामशरण माझी छतिवनबाट इन्करेज्मेन्ट अवार्ड विजेता भएका छन्।

गत सोमबारदेखि बिहीबारसम्म चलेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले यसखाले कार्यक्रम भइरहनुपर्ने बताए। फेस्टिभलमा सहभागी १ सय ५० भन्दा बढी डकुमेन्ट्री तथा सर्ट फिल्ममध्ये ३० फिल्म पर्यटन बोर्डमा देखाइएको थियो। कुल १२ विधाका लागि १ सय ८० भन्दा बढी डकुमेन्ट्री तथा सर्ट फिल्म सहभागी भएको आयोजक समतिका अध्यक्ष कमला जोशीले बताइन्।

प्रतिक्रिया दिनुहोस्