सबै पार्टी गुटले बिगार्यो



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षाकृत रूपमा तीव्र गतिमा काम नगरेको भन्दै आलोचना गरेका छन्। नेकपाका नेताहरूले सार्वजनिकरूपमै आफ्नै पार्टी नेताको आलोचना गरिरहेको अवस्था छ। पार्टीको आन्तरिक विवाद पनि चुलिँदै गएको छ। त्यसै गरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवस्था पनि उस्तै छ। नेपाली कांग्रेसको जारी महासमिति बैठकमा देखिएको आन्तरिक विवाद र विगतमा पार्टी नेतृत्वको आलोचनाले पनि प्रतिपक्षीको रूपमा कांग्रेस कमजोर देखिएको छ।

– रमिता सुनार, नयाँ बानेश्वर, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्