यो तन्त्र न ऊ तन्त्र



नेपाल बडो दुःखमा छ। यो तन्त्र न ऊ तन्त्र, कुनै पनि तन्त्रमन्त्रले काम गरेको छैन। न काम छ, केवल ढाँटेर शासन गर्ने ढाँटतन्त्र मौलाएको छ। जसले देश नै विलयको अवस्थामा धकेल्ने प्रयत्नमा सशक्त भूमिका खेलिरहेको छ। तर हामी नेपालीले यो कुरा बुझेर पनि यसको भण्डाफोर गर्न सकेका छैनौं। यो अवस्था विडम्बनापूर्ण छ।

मुलुक स्वाधीन छ भनेर संविधानमा लेखिए पनि स्वाधीन भएको महसुस गर्न सकिएको छैन। यहाँका एक भूपू प्रमले नेपालको साँचो दिल्लीमा छ भनेका पनि थिए। यहाँ सुरक्षा छैन, सरकार डराउँछ। नेताहरू डराउँछन्। यहाँ देशप्रेम छैन। प्रत्यक्ष नै पराधीन शासन चल्दै छ। कहिले हुन्छ देशको सुरक्षा रु कसले गरिदिने हो सुरक्षा रु कहिले आउला स्वाधीन शासन रु को हो स्वाधीन शासक रु यो तन्त्र न ऊ तन्त्र ⁄ नेपालको अवस्था कहिल्यै सुध्रन सकेन।
– गणेश कार्की, साँखु–७, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्