जेभियर समिफाईनलमा


काठमाडौं, (नेस)
काठमाण्डौ जेभियर छैटौं नेरिक कप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामाको सिनियर ब्वाईजतर्फ समिफाईनलमा प्रवेश गरेको छ ।
बुधवारको क्वाटर फाईनल खेलमा सन्दिप मगरको उत्कृष्ट ३० स्कोरको मद्दतले काठमाण्डौ जेभियरले आयोजक नेरिकको बी टिमलाई ५६–४३ को स्कोरमा हराउदै सेमिफाईनलमा स्थान बनाएको हो । सिनियर ब्वाईजको अन्य खेलमा सफलता हात पादै वल्सनले नेरिक एलाई४८–३३ र पिपुल्सले किङ्सलाई ४६–३० को स्कोरमा हराउदै क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

पराजित दुवै नेरिक ए र किङ्सले पनि यस अघिनै अन्तिम आठमा स्थान पक्का गरिसेकेका छन् । शंखमुल स्थित आयोजक नेरिक स्कुलको कोर्टमा भएको सिनियर गल्सको खेलमा नेरिकले ज्ञाननिकेतनलाई २३–१२ को स्कोरमा हराउदै क्वाटर फाईनलमा प्रवेश गरेको छ । नेरिकको जितमा उत्कृष्ट प्रदर्शन गरेकी बिम्नरा खत्रीले सर्वाधिक १२ स्कोर गरिन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।