अस्ट्रेलियाले सिरिज बराबरी गर्याे



सिड्नी, (एजेन्सी)
अस्टे«लियाले दोस्रो टेस्ट १ सय ४६ रनले जितेर भारतविरुद्धको ४ खेलको सिरिजमा १–१ बराबरी गरेको छ । सिड्नीमा भएको सो टेस्टको अन्तिम दिन पाहुना टोली भारत १ सय ४० रनमा अलआउट भएपछि अस्ट्रेलियाको जित भयो । घरेलु टोलीले २ सय ८७ रनको लक्ष्य दिएको थियो ।

भारतले मंगलबार ५ विकेटको क्षेतिमा १ सय १२ रनबाट ब्याटिङ शुरु गरेको थियो । टोलीले सिरिजमा २–० को अग्रता लिन थप १ सय ७५ रन बनाउनु पर्ने थियो । तर टोली २८ रन जोड्दा बाँकी ५ विकेट पनि गुमाउन पुग्यो ।

अस्टे«लियाका लागि लियोन नाथन र मिचेल स्टार्कले ३÷३ विकेट लिँदा जोस हेजलवुड र पेट कमिन्सले २÷२ विकेट हात पारेका थिए । तेस्रो टेस्ट डिसेम्बर २६ (बक्सिङ डे) देखि मेलबर्नमा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्