एलएलाई दोहोरो उपाधि



काठमाडौं, (नेस)
आयोजक लिटिल एन्जल्स (एलए) ले तेश्रो एलए कपमा बिहीबार दोहोरो उपाधि जितेको छ । एलए गल्र्स बासकेटबल र गल्र्स फुटसलमा च्याम्पियन बन्यो । गल्र्स बास्केटबलमा एलएले जेभियर एकेडेमीलाई पराजित ग¥यो ।

गल्र्स फुटसलमा एलएले डिएभीलाई ४–१ गोलले हरायो । विजयी टिमका लागि मोनिका शाहीले ह्याट्रिक गरिन् । ब्वाइज बास्केटबल फाइनलमा ओमेगाले एलएलाई पाखा लगाउदै उपाधि जित्यो । ब्वाइज फुटबलमा सेन्ट लरेन्सले सेन्ट जेभियर्स, जावलाखेललाई २–१ गोलले पन्छाएर उपाधि जित्यो । विजयी टिमका लागि अजय खड्का र रोकेश थापाले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्